दफा १८
अभिलेख तथा स्वचालित संयन्त्र सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७द. को प्रयोजनको लागि सूचक संस्थाले अनुगमन, जोखिम मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण र सो सम्बन्धी विवरण तथा कागजातको अभिलेख सम्बन्धित नियमनकारी निकायले निर्धारण गरेको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ।

(२); सूचक संस्थाले वास्तविक धनी, सूचीकृत व्यक्ति, परिपालना परीक्षण सम्बन्धमा ऐन र यस नियमावलीमा उल्लेख भएका व्यवस्था कार्यान्वयनको लागि स्वचालित संयन्त्र विकास गर्नु पर्नेछ।